तुलसीपुर,असार ३१ । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७७÷०७८को असार मसान्तसम्ममा ६६ दशमलब ४१ प्रतिशत मुद्दा फच्यौट गरेको छ ।
अदालतले बिहीवार वार्षिक कार्य प्रगति सार्वजनिक गर्दे एक वर्षमा नयाँ दर्ता भएका ६ सय ९ वटा र जिम्मेवारी सरी आएका १ सय ७४ गरि ७ सय ८३ वटा मुद्दा मध्ये ५ सय २० वटा मुद्दा फच्र्यौट गर्न सफल भएको जानकारी दिएको हो ।
अदालतका मुख्य न्यायाधिश नीता गौतम (दिक्षित) ले नयाँ र पुराना गरि ५ सय २० अर्थात (६६.४१ प्रतिशत) मुद्दा टुंगो लागेको बताइन ।
उनका अनुसार अदालतमा परेका मुद्दा मध्ये २ सय ६३ थान मुद्दा फैसला हुन बाँकी छन ।
२०७७÷०७८ मा १ हजार २५ मुद्दा दर्ता हुने अनुमान गरिएको भएपनि कार्यालयमा ७ सय ८३ मुद्दा दर्ता भएका थिए । ती मध्ये हालसम्म ६६.४१ प्रतिशत मुद्दा फच्यौट गरिएको छ ।
मुद्दा फच्यौट लक्ष्य भन्दा ९४ थान कम भएपनि फच्यौट ८ प्रतिशत बढी भएको गौतमले बताइन ।
कोरोना जोखिमको बीचमापनि असार महिनामा मात्र अदालतमा ६१ थान मुद्दा दर्ता भएक छन् ।
ती मध्य ५८ थान मुद्दा फच्यौट गर्न सफल भएको जानकारी दिइएको छ ।
कोभिड –१९ को समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर मुद्दा फच्यौट गरेको जानकारी दिइएको छ ।
आर्थिक बर्ष ०७५÷०७६ मा ८ सय १ वटा मुद्दा दर्ता भएकोमा ६ सय ६ मुद्दा फच्यौट भएका थिए । त्यस्तै २०७६÷०७७ मा ५ सय ८२ मुद्दा दर्ता भएकोमा ४ सय ८ मुद्दा फच्यौट भएका थिए ।
अदालतमा विगत ३ वर्ष यताको मुद्दाको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा यस वर्ष मुद्दाको संख्या बढेको छ ।
अदालतमा एक वर्ष नाघेका कुनैपनि पुराना मुद्दा बाँकी नराखेको बताउदै छिटो र छरितो न्यायको लागि हलपल प्रयासरत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
न्यायपालिकाको चौथो र पंचवर्षिय रणनीतिक योजना अनुसार उच्च अदालतहरुमा ०७७ भदौ १ देखि र जिल्ला अदालतहरुमा ०७७ साउन महिनादेखि फरक मुद्दा व्यवस्थापन पद्धतति लागु भएको मुख्य न्यायाधिश दिक्षितले बताइन ।
सो अनुसार मुद्दालाई सरल मार्ग,सामान्य मार्ग र विषेश मार्ग गरि तिन प्रकारले विभाजन गरि सरल मार्गका मुद्दा ६ महिना भित्र,सामान्य मार्गका १ वर्ष भित्र र विषे्श मार्गका मुद्दा १८ महिना भित्र फच्यौट गरि सक्नु पर्ने व्यवस्था रहेको छ ।
अदातलमा २३ थान मुद्दामा मेलमिलाप केन्द्रमा पठाउने आदेश भएकोमा ५ थान मुद्दामा मेलमिलाप भएको छ ।
त्यस्तै रिट मुद्दाहरु सबै ६ महिना भित्र फच्यौट गर्नुपर्नेमा यस वर्ष जम्मा ८६ थान मुद्दा दर्ता भई ६८ थान फैसाला भएकोमा ५४ थान ६ महिना भित्रै फच्यौट भएका छन ।
न्यायको पहुँच विस्तार गर्न विभिन्न प्रयासहरु थालेको र विपन्न,जेष्ठ नागरिक बालकलाई बैतनिक वकिलको व्यवस्था गरिएको जानकारी दिइएको छ ।
साथै अदालतमा देवानी,सरकारवादी फौजदारी,दुनियवादी फौजदारी रिट लगाएत विभिन्न प्रकृतिका मुद्दा बढी पर्ने गरेको जानकारी दिइएको छ ।
साथै पछिल्लो समय बैकिङ् कसुर, घोटाला, ठगी, बलात्कार, सम्बन्ध विच्छेद बढ्दो क्रममा रहेको मुख्य न्यायाधिस दिक्षितले जानकारी दिइन ।
उक्त कार्यक्रमको सहजिकरण अदालतका रजिष्टार यमबहादुर बुढाले गरेका थिए ।