तुलसीपुर,असार ३१ । दाङमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगंलाचुली गाउँपालिका वडा नं। ३ का ५८ बर्षीय पुरुष रहेका छन् ।
उनको उपचारको क्रममा कोरोना बिशेष अस्पताल बेलझुण्डीमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
उनी असार २९ गते देखि अस्पतालको आईसियु कक्षमा उपचाररत थिए ।
मृतक पुरुषलाई निमुनिया र स्वास प्रश्वासमा समस्या रहेको थियो । हाल कोरोना बिशेष अस्पतालको आसियु कक्षमा ८ जनाको उपचार भई रहेको छ ।
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार