देविराम कुसारी, दंगीशरण असार ३० । दंगिशरण गाउँपलिका र हेफर इन्टरनेश्नल नेपालको साझेदारीमा विकास परियोजान सुरु भएको छ ।
गाउँपालिकाको ७५ प्रतिसत र हेफरको २५ प्रतिशत लगानीमा कृषि तथा पसु उद्यमशिलता विकास परियोजना लागु भएको परियोजना संयोजक गोमा भट्टराईले जानकारी दिए ।
कृषि र पशुपालनलाई पकेट क्षेत्र वनाएर परियोजना सञ्चालन गरिएको उनले बताए ।
मुख्य लागानी गाउँपालिकाको भए पनि कर्मचारी व्यवस्थापन र प्राविधिक सहयोग भने हेफर कै हुने गाउँपालिकाका अध्यक्ष भगिराम चौधरीले जानकारी दिए ।
परियोजनाको अभिमुखीकरणसंगै क्षेत्र र विषयगत कामहरु सुरु भएको गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी वली खड्काले जानकारी दिइन ।
परियोजना अन्तरगत गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको संयोजकत्वमा गाउँपालिका स्तरिए अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
त्यस्तै वडामा वडा अध्यक्षको संयोजकत्वमा ७ वटै वडामा पनि अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर ६ र ७ मा तीन÷तीन वटा र अन्यमा दूई÷दूईवटा मुल समुह गठन गरिएको छ ।
त्यसरी गठन गरिएका मुल समुहलाई प्रति समुह १० हजारको तरकारी कोष स्थापना गरिएको छ । किमु, भटमासे लगाएतका घासको विउ तथा वेर्ना वितरण पनि गरिएको छ ।
असारको पहिलो सातादेखि परियोजना सञ्चालन भएको हो ।
परियोजना अन्तरगत प्रसडुवाको नमुना महिला समुह, थपगाउँको लालिगँुरास महिला समुह, हेकुलीको देउथान महिला समुह र चखौराको काठ कुवा महिला समुहलाई गरी ८० वटा बंगुर वितरण गरिएको छ ।
त्यस्तै वडा नम्वर २ को शिवशक्ति महिला समुहलाई ३५ वटा र वडा नम्वर ७ मा ५३ वटा बाख्रा वितरण गरिएको हेफरका महेशकुमार आचार्यले जानकारी दिए ।