काठमाडौं, असार ३० । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
उनी बिहान ११ बजेतिर सरकारी निवास छोडेर निजी निबास बालकोट जाने छन् ।
ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ।
मंगलबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।
प्रधानमन्त्री भएपछि मंगलबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निजी निवास बूढानिलकण्ठ गएका थिए।
प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार