तुलसीपुर, असार २९ । दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन् ।
इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन ।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको एक प्रहरी अधिकारीले बताए ।
प्रहरी स्रोतका अनुसार केसी र विकलाई झन्डै १० देखि पहिले र पुनलाई करिब ३÷४ पहिले पक्राउ पछि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान भइरहेको छ।
संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागुऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार