२०८१ चैत्र ९ गते शनिवार

दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने तुलबहादुर ६ वर्षपछि पक्राउ

अर्घाखाँची,असार २८ । ६ वर्षअघि दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडे पक्राउ परेका छन् ।

२०७२ साल कात्तिक ६ गते बेलुका जाँडरक्सी खाएर घर पुगेका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आगो लगाएका थिए ।

आगलागीबाट घर जलेर ध्वस्त भएको थियो । श्रीमती र दुई छोरी भने घरबाहिर रहेकाले बाँचेका थिए । आगलागीबाट एउटा भैँसी र चार वटा बाख्रा समेत जलेर मरेका थिए ।

घरमा आगो लगाएर भागेका तुलबहादुरलाई प्रहरीले जङ्गलबाट पक्राउ गरेको थियो । केही दिन पछि धरौटीमा छुटेका तुलबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि उनी फरार थिए । उनलाई चितवनको भरतपुर महानगरपालिका वडा नं ११ अमनचोकबाट गएको शुक्रवार पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *