२०८१ माघ ९ गते बुधवार

आफन्तले बुझेनन् शव


दाङ, पुस १० ।
घोराही उपमहानगरपालिका –१४ घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिदा चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निवासी २९ बर्षिय मेघराज पुनमगरको शव आफन्तले अझैसम्म बुझ्न मानेका छैनन् ।
बसले स्कुटरलाई सोमबार बिहान साढे ११ बजेतिर ठक्कर दिएको थियो । स्कुटी चालक मेघराज पुनमगरको घटनास्थलमै मृत्यु भएको थियो भने स्कुटरको पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । उनको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घोेराहीमा नयाँबजारमा बसको ठक्करबाट स्कुटी चालक पुनको निधन भएपछि मृतकका आफन्तले सामबार दिनभर घोराहीमा प्रदर्शन गरेका थिए । घटनापछि उत्पन्न भएको स्थितिलाई सामान्य बनाउन प्रहरीले अश्रुुग्याँससमेत प्रहार गरेको थियो । एउटै दिशामा गुडिरहेका स्कुटरलाई बसले ठक्कर दिनु बसका चालकको लापरबाही भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

प्रहरीले तोडफोड र आक्रमणमा उत्रिएको भन्दै सोमबार नियन्त्रणमा लिएका २३ जनालाई सोमबार बेलुका छोडेको भए पनि टिपरमा आक्रमण गर्ने पाँचजनालाई भने अझै छोडेको छैन । आफन्तले बजार बन्द गराउदै हिड्ने क्रममा आन्दोलनकारीहरुले २ वटा टिप्परमा समेत तोडफोड गरेका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर टिप्परका चालक बंगलाचुली गाउँपालिका–८ रानिबासका ४३ बर्षिय दलसिंह दर्लामी पनि गम्भिर घाईते भएका छन् । उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर भएको छ ।

पीडित पक्षले भने सबै पक्राउ परेका व्यक्तिलाई विना सर्त रिहा गर्न माग गरेका छन् । कुनै पनि दुर्घटना अप्रत्यासित र आकस्मिक हुने हुँदा अब त्यसैको बहानामा कसैले कानुनविपरीत कसैलाई पनि दुःख दिन नमिल्ने एसपी पाण्डेले बताए । ‘जनताको जिउधनको रक्षा र समाजमा शान्ति स्थापना गर्नु नै प्रहरीको काम हो,’– उनले भने ‘ दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही हुन्छ नै त्यसमा कसैले जोरजवरजस्ती गर्नै मिल्दैन।’

उनले मृतकका आफन्तलाई जाहेरी दिन आउन र शव बुझ्न आग्रह पनि गर्दै आएका छन् । मृतकको शव हालसम्म पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

 

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *