२०८२ कार्तिक २१ गते शुक्रवार

गर्भबति र बच्चालाई अण्डा,मासु किन्न कपुरकोटले पौने १७ लाख बाँड्यो

शंकर केसी, असार २५ ।  सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवति तथा बच्चालाई अण्डा र मासु खुवाउनका लागि पौने १७ लाख नगद बितरण गरेको छ ।

गर्भबति महिला र दुई वर्षसम्मका बच्चा तथा आमाका लागि पोषिलो खानेकुरा किन्न सहयोग पुगोस भनेर रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

गाउँपालिकाले एक हजार तीन सय ९८ जना गर्भबति महिला र दूई बर्षसम्मका बालबालिकाको लागि रकम वितरण गरिएको खड्काले बताए ।

‘सुनौलो हजार दिन कार्यक्रम अन्तरगत पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैंया वितरण गरिएको हो,’ खड्काले भने ‘ साथमा हामीले पौष्टिक खाद्य तत्वसहितको झोलापनि वितरण गरेका छौं ।’

ख्ड्काले बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा गाउँपालिकाको सहयोगले सन्तुलित भोजनको ब्यबस्थापन गर्न सहज हुने तर्क गरे ।

गाउँपालिकाका सबै वडाहरुमा कर्मचारी खटाएर अण्डा तथा माछामासु किनेर खानका लागि जनही एक हजार र गेडागुडी किनेर खानका लागि जनही दुई सय रुपैंया वितरण गरिएको खड्काले जानकारी दिए ।

यसैबीच कपुरकोट ३ मा विहीबार पोषिलो झोला वितरण गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले घरमै उत्पादन हुने पौष्टिक तत्वको महत्व बुझेर त्यसको प्रयोग बढाउन आग्रह गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले गर्भ रहेदेखि दुई वर्षसम्ममा एक हजार दिन हुने हँुदा त्यही अवधिलाई सुनौला एक हजार दिन मानेर उनीहरुमा कुपोषणको समस्या नहोस भनेर रकम बितरण गरिएको बताइन ।

 

 

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *