२०७८ साउन २० गते बुधवार

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं,असार २५ । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।

प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् ।

जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।

प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *