२०८१ असार ७ गते बिहिवार

तिनाउमा पहिरो, एकजनाको मृत्यु, ४ वर्षे बालक बेपत्ता

बुटवल,असार २४ । पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले ६ घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ भने एकजना बालक हराएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा उक्त पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन्।

हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको स्थानीय बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका हुन्।

दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।

पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ। दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ।

 

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *