२०८१ असार १० गते आइतवार

घोराहीमा घर भत्किदा ३ महिनाकी सिशुको मृत्यु, आमा र दिदी घाईते

तुलसीपुर, असार २४ । लगातारको बर्षाले घोराहीमा घर भत्किदा तीन महिनाकी सिशुको घटनास्थलमै मृत्यु भएको छ । उनकी आमा र दिदी घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं.१७ क्वाडीमा बिहीबार बिहान ३ बजेतिर घरको भित्ता भत्किदा मनिसा चौधरीकी तीन महिनाकी छोरी बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

आमा मनिसा र उनकी ९ बर्षीया छोरी बाटुली चौधरी घाइते भएका छन् । घाइते आमा छोरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घोराहीमा ल्याई उपचार भइरहेको छ ।

बिहान पौने ७ बजेतिर घर भत्किदा पुरिएकी तीन महिनाकी सिशुको शब निकालेको प्रहरीले जनाएको छ ।

अबिरल बर्षाका कारण चौधरीको घर नजिकैको कच्ची गोठ भत्किदा त्यस नजिकैको घरको दूईवटा कोठाको उत्तर तर्फको वाल भत्किदा सुतिरहेका आमा र छोरीहरुलाई त्यसैले च्यापेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *