२०८१ असार ३ गते आइतवार

गर्भबतिदेखि सुत्केरी पछिको खाना र सरसफाई बारे छलफल

  • शंकर केसी, सल्यान, असार २३ । गर्भवती अवस्था र सुत्केरी पछि आमाले पोशिलो खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्ने सहभागिहरुले बताएका छन् ।

कपुरकोट गाउँपालिकाले वडा नम्बर ४ स्थित गाँडापानी र धनवाङमा बुधबार आयोजना गरेको कार्यक्रमका बक्ताहरुले सुनौलो एक हजार दिनमा आमाहरुले स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताएका हुन ।

बैठकमा पूर्ण सरसफाई भनेको के हो ? खेर गएको पानीलाई कसरी उपयोग गरेर करेसाबारीमा ताजा तरकारी खेति गर्न सकिन्छ ? करेसाबारी ब्यवस्थापन लगायतका विषयमा छलफल भएको हो ।

वडाध्यक्ष हरिलाल पुनले सुनौला कर्णधार तयार गर्ने जिम्मा परिवारका सदस्य सबैको भएको बताए ।

आमा र बच्चालाई कुपोषणबाट बचाउन गर्भावस्था र बच्चा जन्मिए पछि दुई वर्षसम्मको खाना र सरसफाईमा विशेष ध्यान दिन जरुरी रहेको उनले बताए ।

आधारभुत स्वास्थ्य केन्द्र धनवाङका इञ्चार्ज बीरबहादुर थापाले बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा सो समयलाई सुनौलो अवधि भन्ने गरिएको जानकारी दिए ।
कार्यक्रममा रेडियो कपुरकोटका कार्यकारी प्रमुख सन्तोष घर्तीले करेसाबारी बारेको महत्वका बारेमा धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *