२०८१ असार ७ गते बिहिवार

अनर्जेन्टिना कि ब्राजिल ? मेसी कि नेइमार ?

दाङ,असार २३ । अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।

बुधबार विहानको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनमा पुगेको हो ।

यो संगै अर्जेन्टिनाले आयोजक राष्ट्र ब्राजिलसंगको उपाधि भिडन्त निश्चित गरेको छ । उपाधिका लागि आइतबार विहान यी दूई राष्ट्र बीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैले अहिलेदेखि नै अर्जेन्टिना कि ब्राजिल अर्थात लिओनल मेसी कि नेइमार रु भनेर अड्कल बाजीहरु सुरु भइसकेको छ । यतिखेर विश्वका फूटबल प्रेमीहरु त्यही आफ्नो समर्थक राष्ट्र र दूई खेलाडीको पक्ष बिपक्षमा धुब्रिकृत भएका छन् ।

अर्जेन्टिनाका महान खेलाडी मेसीले फाईनलमा आफ्नो अदभूत कला पर्दशन गर्ने धेरै समर्थकको विश्वास छ ।

त्यस्तै ब्राजिलका फरवार्ड नेइमारले पनि आफ्नो कलाको जादु देखाउने धेरै समर्थकको विश्वास छ । ब्राजिल आयोजक राष्ट्र हुनुको नाताले खेलाडीहरु उच्च मनोबलका साथ प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

अर्जेन्टिना भने ब्राजिललाई उस्कै मातृ भूमिमा लडाउँदै बिजयको झण्डा फहराउन आतुर देखिएको छ ।

ब्राजिल र अर्जेन्टिनाबीच पछिल्लो पटक सन २००७ को कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा भएको थियो। भेनेजुएलामा भएको उपाधि भिडन्तमा ब्राजिलले ३–० गोलले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो।

१४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्न लागेका छन् ।

दुई वर्षअघि ब्राजिलमै भएको प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसंग पराजित भएको थियो । यस पटक ब्राजिल विरुद्ध बदला लिंदै उपाधि जित्ने सुनौलो अवसर अर्जेन्टिना संग छ ।

तर, स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी मेसी र नेइमारले जारी प्रतियोगितामा उत्कृष्ट खेल पर्दशन गर्दै आएको हुँदा कस्ले जित्छ भनेर सहज अनुमान गर्न कठिन छ । यो बिश्वका लागि ठूलो प्रतिक्षाको बिषय बनेको छ ।

सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि भिडन्त हुने भएको छ ।

 

 

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *