तुलसीपुर,असार २२ । धादिङबाट चोरेर ल्याएको कारसहित दाङ तुलसीपुरका एक किशोर पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्यु रोडका १७ बर्षीय नबीन सार्की मंगलबार तुलसीपुरमा बा १६ च ८७३५ नम्बरको कारसहित पक्राउ परेका हुन ।
उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उक्त कार धादिङका दिनेश रुपाखेतीको रहेको भन्ने खुल्न आएको बताए ।
कार चोरीको अभियोग खेपेका सार्कीका बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा यसअघि पनि दूईवटा चोरी मुद्दा दर्ता भएको देखिन आएको प्रहरीले जनाएको छ ।
उनले एउटा कार र एउटा मोटरसाईकल चोरी गरेको मुद्दा रहेको डिएसपी अर्यालले बताए । त्यो बाहेक सार्की दूई पटक ३÷३ महिना गरि ६ महिना सुधार गृहमा बसेको देखिन आएको प्रहरीले जनाएको छ ।
असार १५ गते राति कारधनि रुपाखेतिले राजमार्ग छेउमै घर अगाडि धादिङको महादेबबेसीमा पार्किङमा राखेको कार त्यसदिन लकगर्न बिर्सेको खुल्न आएको छ ।
‘ मैले संधै गाडीका कागज पत्र संधै गाडिमै राख्ने गर्दथे,’ कार धनि रुपाखेतिले भने ‘ तेल पनि फूल थियो ।’
डिएसपी अर्यालका अनुसार सार्कीले ४० हजारमा कबाड उद्योग सञ्चालकलाई काट्नका लागि कार बेच्न जाँदै गर्दा पक्राउ परेका थिए ।