हेमन्त वली, तुलसीपुर, असार २० । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल दाङले दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य सीता विकको नेतृत्वमा प्रजिअ रामबहादुर कुरुम्बाङलाई ज्ञापनपत्र बुझाइएको हो।
असार १ गते संचारकर्मी रुपा सुनारमाथि गरिएको जातिय विभेद तथा छुवाछुतको ज्यादतिपूर्ण घटनाका दोषी घर धनी सरस्वती प्रधानलाई कार्वाहीको माग गर्दै मोर्चाले ज्ञापनपत्र बुझाएको हो ।
घटनामा शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पद र शक्तिको दुरुपयोग गरि दोषीलाई थुनामुक्त गराई आफ्नै गाडिमा निवास पु¥याएको घटनाले कानुनी राज्यको मुकुण्डो च्यातिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा जातिय बिभेद तथा छुवाछुत गर्ने घर धनी प्रधानलाई थुनामा राखी कानुनी कार्वाहीको माग गरिएकोछ ।
साथै मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउन नेकपा घोराही नगर इन्चार्ज तिलक,नेकपा लमही नगर इन्चार्ज जनकपनि गएका थिए ।