तुलसीपुर, असार १८ । टरिगाउँ एयरपोर्टमा असार २० गतेदेखि पुनः बिमान सञ्चालनमा आउने भएको छ ।
कोभिड – १९ को दोस्रो लहरको महामारी पछि दाङमा बैशाख १७ गतेदेखि निषेधाज्ञा जारी भएसंगै हवाई सेवा बन्द हुन पुगेको थियो । त्यतिखेर दैनिक दूईवटा उडानहरु हुँदै आएका थिए ।
२० गतेदेखि पुनः सुरु हुन थालेको बिमान सेवा पहिलेको भन्दा कटौती गरिएको छ ।
टरिगाउँ बिमान स्थलका प्रमुख कैलाश शर्माले हालका लागि सोमबार र बुधबारका उडानहरु कटौती गरिएको जानकारी दिए । यो संगै हप्तामा ५ वटा मात्रै हुने भएको छ ।
टरिगाउँ एयरपोर्टको धावन मार्ग कालोपत्रे भएपनि यहाँ ठूला बिमान अवतरण गर्न सक्दैनन् ।
कालोपत्रे भएको धावन मार्गको लम्बाई ७५० मिटर र चौडाई ३० मिटर मात्रै भएको हुँदा ठूला बिमान आउन सक्ने अवस्था छैन ।
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार