२०८२ कार्तिक २१ गते शुक्रवार

डेङ्गु,मलेरिया र कालाजारबाट बच्न सरोकारवालासगं छलफल

कपिल लामिछाने तुलसीपुर ,असार १८ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा नगरस्तरिय बाल अधिकार समिति १८ नं वडाको समन्वयमा शुक्रवार सरोकारवाला निकायहरुसँग छलफल तथा १ दिने अभिमुखीकरण कार्यक्रम वडा नं १८ सम्पन्न भएको छ ।

वडालाई पुर्ण रुपमा बालश्रम मु्क्त र बाल बिबाह मुक्त वडा घोषणा गर्न सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

कार्यक्रममा बालबालिकाहरुको संरक्षणका अधिकार कसरी सुनिश्चित गर्ने, बालमैत्री नगर, बालमैत्री वडा बनाउदा कस्ता खालका चुनौतीहरु आउन सक्छन् र त्यसलाई कसरी निराकार गर्ने भन्ने बिषयमा बिशेष छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा आचार्यले बिगतमा के भए भन्दा पनि अब आगामी दिनहरुमा के गर्ने भन्ने कुरालाई प्राथमिकता दिँदै बालमैत्री नगर र वडा बनाउनका लागि हातेमालो गर्न जरुरी रहेको बताइन ।

हामीले चुनाबको बेला पनि भनेका थियौँ,बालश्रम बाल बिबाह समाजको लागि घातक हो यसको लागि हामीले बिशेष नियम बनाएर यसको रोकथाम गर्छौ भनेर आज त्यो पुरा भएको छ ,उनले भनिन् ।
उनले मुलुकी ऐन २०७५ ले आज त्यो हामीले बोलेको कुरा प्रष्ट पारिदिएको भन्दै बालमैत्री वडा बनाउन सबैलाई सहयोग गर्न अनुरोध गरिन ।

कार्यक्रमको बिषयबस्तुको बारेमा प्रष्ट पार्दै नगर बाल अधिकार बिकास समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामिछानेले तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले यो भन्दा २ बर्ष अघि नै बालश्रममुक्त वडा घोषणा गरिसकेको र हाल वडा नं १,२,१७ र १८ नं वडाले बालश्रममुक्त वडा घोषणा गर्न चासो देखाएकाले आबश्यक समन्वय गर्दै छलफल अघि बढाएको बताए ।
त्यस्तै महिला बालबालीका तथा सामाजिक बिकास शाखाकि प्रमुख माया श्रेष्ठले कति उमेर समुहका बालबालीकाहरुलाई कस्तो श्रममा लगाउने, बालश्रम के होरु यसका लागि आजसम्म भएका प्रगति बिवरणहरुको बारेमा जानकारी दिएकी थिइन ।

स्थानिय सरकार आउनुभन्दा अघि नेपालमा २६ लाख बालबालीकाहरु बालश्रममा भएको र हाल अहिले त्यसको आँकडा ११ लाखमा झरेको भन्दै यो आँकडा शुन्यमा ल्याउन जनचेतनामूलक कार्यक्रम गर्दै अघि बढिरहेको बताइन ।

कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष कुमार लामिछानेले एकले थुकि सुकि सयले थुकि नदि भने झैँ बालबालिकाको हक र हितका लागि सम्पुर्ण जनप्रतिनिधि मात्रै नभएर सबै सरोकारवाला निकाय अघि बढी यसलाई परास्त पार्न अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मलेरिया,डेङ्गु र कालाजार रोग नियन्त्रण गर्ने र खोजपताल गर्नका लागी टोल टोलमा प्रचारप्रसार तथा जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका प्रमुख डिल्ली शर्माको स्वागत मन्तब्यबाट व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण तुलसीपुर–१८ कि वडा सचिव रामकुमारी मरासिनीले गरेकी थिइन ।

 

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *