अमरराज आचार्य, घोराही, असार १८ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफुले जनताको सेवकको रुपमा काम गर्ने बताएका छन ।
शुक्रकार दाङ जिल्ला उद्योग बाणिज्य संघले गरेको परिचयात्मक कार्यक्रममा प्रजिअ कुरुम्बाङले आफु प्रशासकको रुपमा नभइ जनताको सेवकको रुपमा काम गर्ने उनले बताए ।
हालसालै सुरुवा भएर आएका कुम्बाङले आफुले कुनै प्रलोभनमा परेर काम नगर्ने बताए ।
‘सबैले निष्ठा र इमान्दारिता पुर्वक काम गर्नु पर्दछ,’ कुरुम्वाङलले भने ‘ देशको समृद्धी र विकासका लागि निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुने गर्छ ।’
निजी क्षेत्रको विकासका लागि वातावरण वनाउन आफनो सहयोग रहने उनले विश्वास दिलाए ।
त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लले जनताले अनुभुति गर्ने गरी काम गरेर देखाउने बताए । काफ्ले पनि हालै सरुवा भएर आएका हनु ।
‘केही समय भित्रमै केही परिवर्तन भएको पाउनु हुने छ,’ काफलले भने ‘ तर, सर्वसाधारणले नागरिकले प्रहरीलाई सूचना दिएर सहयोग गर्नु पर्छ ।’
नागरिकले समयै दिने सानो सूचनाले पनि प्रहरीलाई धेरै सहयोग मिल्ने उनको भनाई छ ।
प्रहरी २४ घन्टा नै नागरिकलाई निशूल्क सेवा दिन तयार रहेको उनले बताए ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।
