तस्विर ः शरद रेग्मी ।
तुलसीपुर,असार १८ । लायन्स क्लव अफ दाङको २५ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङको वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमितिलाई पद हस्तान्रण गरिएको हो ।
लायन्स क्लव अफ दाङ वर्ष २०२१÷०२२का अध्यक्षमा गणेश अधिकारी चयन भएका छन ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर डाँगी,प्रथम उपाध्यक्षमा भागवत घिमिरे,द्धितिय उपाध्यक्षमा बिनिल केसी,तृतीय उपाध्यक्षमा लोकबहादुर विष्ट,महासचिवमा भोजराज न्यौपाने,कोषाध्यक्षमा शुमन डाँगी,सह–सचिवमा सिमा बुढाथोकी र सह–कोषाध्यक्षमा गोरख वलि चयन भएका छन ।
त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी,टेलटवाइस्टरमा गोपाल रावत,पिआरोमा प्रमोद बस्नेत,टेमरमा केशव भुसाल चयन भएका छन ।
यसैबिच लायन्स क्लव वर्ष २०२१÷०२२ ले नयाँ २ वटा क्लव गठन समेत गरेको छ ।
लायन्स क्लव अफ दाङ कालिका मालिकाका अध्यक्ष बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्ष ठांकुर डाँगीको अध्यक्षतामा नयाँ क्लव गठन गरिएको हो ।
सो अवसरमा नयाँ क्लवका पदाधिकारीहरुलाई स्वागत गरिएको छ ।
लियो क्लवको अध्यक्षमा महतरा सचिवमा भुसाल
यसैबिच सो अवसरमा लियो क्लव अफ दाङको पनि पद हस्तान्तरण भएको छ ।
वर्ष २०२१÷०२२ का लागि क्लवको अध्यक्षमा राजेन्द्र महतरा,प्रथम उपाध्यक्षमा घनश्याम डाँगी,द्धितिय उपाध्यषमा निर्मल खड्का,तृतिय उपाध्यक्षमा कविता केसी,सचिवमा यमकला भुसाल,कोषाध्यक्षमा सत्यनारायण चौधरी र सहसचिवमा प्रकाश न्यौपाने चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा लोकेन्द्र वलि,ओपेन्द्र खत्री,शैलेश डाँगी,मदन न्यौपाने, सत्य नारायण चौधरी,चादनी शार्म,सुनिल बाबु डाँगी लगाएतका २८ सदस्यीय चयन भएका छन । उक्त कार्यक्रम दुई चरणमा भएको थियो ।
पहिलो चरणको कार्यक्रम लायन्स क्लव अफ वर्ष २०२०÷०२१ दाङका अध्यक्ष शुरेस हमालको अध्यक्षता एवं महासचिव बिनिल केसीको सञ्चालनमा भएकोे थियो ।
त्यसैगरी दोस्रो चरणको कार्यक्रममा वर्ष २०२१÷०२२ का अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा उनले पदाधिकारीले आफ्नो भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा डिष्ट्रिकको–चिफ एडभाइजर लायन बिनोद कुमार श्रेष्ठले लायन्स र लियो क्लवहरु समाजप्रति उत्तरदायि हुनुपर्ने जोड दिए । समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुँदा हरेक समुदायसँग सहकार्य गरेर अगाडी बढ्न जरुरी उनले बताए ।
सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे,लायन्स क्लव अफ दाङका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष धुर्व गौतम,लायन टेकन कंडेल,लायन्स क्लब अफ किसान दाङका अध्यक्ष बुद्ध प्रकाश सिहं,लायन्स क्लव अफ कालिका मालिकाका अध्यक्ष बिरेन्द्र खड्का,लायन्स क्लब अफ दाङ टिचर अध्यक्ष ठाकुर प्रसाद डाँगी,त्रिश्द्धिेश्वरी महिला लायन्स क्लवका अध्यक्ष यमुना शाह,लियो क्लव अफ दाङ वर्ष २०२०÷०२१ का अध्यक्ष सन्तोष केसी,राप्ती बबई क्याम्पस प्रमुख युवराज रावत लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण २०२१÷०२२ का महासचिव भोजराज न्यौपानेले गरेका थिए ।