तुलसीपुर, असार १६ । कर्तव्य ज्यान मुद्दामा दश बर्ष कैद सजाए तोकिएका फरार प्रतिबादी पक्राउ परेका छन् ।
प्रतिबादी घोराही उपमहानगगरपालिका वडा नं। ३ लक्ष्मीपुरका ३८ बर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरि बुधबार दाङ जिल्ला अदालतमा पेश गरेको छ ।
जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालका अनुसार २०७३ साल असार २८ गते दाङ जिल्ला अदालतले कतब्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दश बर्ष कैद सजाय तोकेको थियो ।
त्यसयता फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाको आधारमा लक्ष्मीपुरमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बहुबिबाह मुद्दामा १ बर्ष बढी कैदा तोएिका ब्यक्ति पक्राउ
प्रहरीले घोराही ३ कुईरेपानीका ३० बर्षीय बिक्रम खड्कालाई बहुबिबाह मुद्दामा पक्राउ गरेको छ ।
२०७० जेठ ८ गते तत्कालिन पुनराबेदन अदालत तुलसीपुरले खड्कालाई बहुबिबाह मुद्दामा खड्कालाई १ बर्ष ४ महिना कैद फैसला सुनाएको थियो ।
त्यसयता फरार खड्कालाई घोराही १७ चौघेरास्थित सशुरालीमा बस्दै आएको अवस्थामा फेलापारी मंगलबार पक्राउ गरि बुधबार अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
अदालतको आदेशमा दुबै जनालाई आवश्यक सजाए भुक्तानीका लागि कारगार चलान गरिएको पनि प्रहरीले जनाएको छ ।