तुलसीपुर,असार १५ । तुलसीपुर उपमहानगरपालिका वडा नं ११ उरहरीमा १८ औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) दाङको आयोजना एवं तुलसीपुर ११ को सहकार्यमा मंगलवार एक कार्यक्रमको बिच दिवस मनाइएको हो ।
ओरेक दाङका संयोजक इश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष चित्रबहादुर वलिले धान दिवसले किसानहरुको मनोबल बढाउनका निम्ति महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उनले देशलाई धानमा आत्मनिर्भर बनाउन पछिल्लो समय यस्ता खालका विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेको बताए ।
उनले सरकारले किसानहरुको लागि मल,बिऊ लगाएतमा सौलियत दिन आवश्यक रहेको पनि धारणा राखे ।
साथै वडा अध्यक्ष वलिले वडा नं ११ लाई खाद्य सुरक्षित वडा बनाउन लागि परेको समेत बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी सुस्मा गिरीले सरकारले कृषि पेशालाई सम्मान गर्नु पर्नेमा जोड दिइन ।
सो अवसरमा अगुवा कृषक जागेश्वर भण्डारी, जेष्ठ नागरिक समाजका उपाध्यक्ष केशव डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कल्पना चौधरीले गरेकी थिइन ।
कार्यक्रममा वडाका जनप्रतिनिधि,सरकारी कर्मचारी,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।


