घोराही, असार १३ । डिभिजन वन कार्यालय दाङले सोमवार राष्ट्रिय बृक्षारोपण सप्ताहको शुरुवात गरएको छ ।
डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण र नेपाल चिकित्सक संघको सहकार्यमा घोराही ११ हापुरको गणेशपुरमा सप्ताह शुरु गरिएको हो ।
त्यसक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख बिजयराज सुवेदीले यो बर्ष तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको बताए ।
त्यसमध्य करिव एक लाख जडिबुटी प्रजातिका बोट बिरुवा र दूई लाख बढी काष्ठ तथा बहुउदेश्यीय प्रजातिका बिरुवा रोप्ने योजना शुरु गरिएको उनले जानकारी दिए ।
घोराही गणेशपुरको मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमित करिव १० कठ्ठा जग्गा खाली गराइ बृक्षारोपण अभियान सुरु गरिएको हो ।
त्यहाँ टिक, खयर, मसला, सिसौ, लहरे पिपल लगायतका प्रजातिका ४ सय ५० बिरुवा रोपिएको छ ।
घोराही १८ को घोरदौरा कृषि फर्मको आयोजनामा २ हजार टिमुरका बिरुवा, एकिकृत बहुउद्देश्यीय सहकारी कृषि फर्म दुधसारको निजी वन क्षेत्रमा कागती र फलफूलका १ हजार ५ सय बिरुवा र मेट्रो कलेज तुलसीपुरको जग्गामा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन छ ।
बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले सवैको सहकार्यबाट बिरुवा लगाउने र हुर्काउने अभियानलाई सफल पार्नु पर्नेमा जोड दिए ।