२०८१ चैत्र ३ गते आइतवार

दाङका एकसहित बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

दाङ, असार १४ । दाङका एक जनासहित बाँकमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत उनीहरुको तीन घन्टाको अन्तरालमा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ११ का ६८ बर्षीय पुरुषको सोमबार बिहान साढे २ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ३ का ३८ बर्षीय पुरुषको सोमबार बिहान १ बजेतिर र दैलेखको आठबिसकोठ नगरपालिका वडा नं. ४ का ७३ बर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको थियो ।

यो संगै बाँकेमा हालसम्म ६७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसमध्य बाहीरी जिल्लाबाट उपचारका लागि लगिएका ३६१ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

कुनैदिनको कोरोना हटस्पट बाँके पछिल्लो समय संक्रमितको दर लगभग सून्यमा झरी सकेको अधिकारीहरु बताउँछन् ।

आइतबार बाँकेका एकजनामा पनि संक्रमन पुष्टि नभएको फोकल पर्सन वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *