२०८१ असार ९ गते शनिवार

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा असहाय कुमालको घर निर्माण सुरु

हेमन्त वली तुलसीपुर,असार ११ । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको शान्तिनगर गाउपालिका–३ अधेरे निवासी अल्पसंख्यक,अति विपन्न दलबहादुर कुमाल परिवारको घर निर्माण कार्य सुरु गरेको छ। पार्टीले शुक्रवार एक कार्यक्रमका बिच घर निर्माण कार्यको शिलान्यास गरेको छ ।

घर निर्माण शिलान्यास गर्दै कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले पार्टी श्रम र समयसंग एकाकार बनेर अगाढी बढेको जिकिर गरे । जनप्रतिनिधिले आफ्नो अनुकुलतामा बिकास बजेट छुट्याउने र उनीहरुबाट कमिसन खाने,भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ ।

घर निर्माणको विषयलाई केन्द्रित गर्दै उनले भने,अहिले हामी साना टहरा बनाउछौ,भोलि हामी समृद्ध टहरा बनाउछौ, ।
उनले बिभिन्न उधोगी व्यवसायीहरुको सहयोग,नेता–कार्यकर्ता,गाउटोल,समाजको श्रमशक्तिबाट घर निर्माण सम्पन्न गरिने पनि बताए ।

फरक प्रसंगमा बोल्दै उनले सरकारमा जाने केपिसंग एकता गर्ने,संसदिय चुनावमा भाग लिने जस्ता भ्रम छर्नेहरुसंग सतर्क रहन र कडा प्रतिवाद गर्न आग्रह समेत गरे ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य बिरेन्द्रले संगठनका नेता–कार्यकर्ताहरु निरन्तर जनताको सारथी बनेर जनश्रममा जोडएको बताए ।

उनले स्थानिय युवा हरिसचन्द्र राणाको नेतृत्वमा स्थानिय युवाहरु श्रममा जोडिएको बिरेन्द्रले बताए ।

घर निर्माण अभियानमा नेकपा निकट गणतान्त्रिक खेलकुद महासंघ दाङ जिल्ला अध्यक्ष क.विवेकले रु. ५००० हजार,तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी व्यवसायी तथा समाजसेवी डिल्ली बहादुर केसीले रु.८००० रुपैया रकम सहयोग प्रदान गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर(दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण जिल्ला कमिटी सदस्य मनोजगरेका थिए ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *