२०८१ असार ३ गते आइतवार

कपुरकोट गाउँपालिकाले बाबुआमा नभएका बालवालिकालाई मासिक ५ सय रुपैंया दिने

दाङ, असार ११ । सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका वालवालिकालाई मासिक पाँच सय रुपैंया आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

१५ वर्षको उमेरसम्म मासिक रुपमा पाँच सय उपलब्ध गराउने नीति उस्ले लिएको छ ।

सम्बन्धित वडाको सिफारिसका आधारमा गाउँपालिकाले मासिकरुमा पाँच सय रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाले उक्त कुरा उल्लेख गरेको छ ।

गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले कुनैपनि संरक्षक नरहेका बालवालिकाहरुको स्याहारका लागि त्यस्तो नीति अघि सारिएको जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको ९औं गाउँसभाले कोभिड १९ का कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत स्वरुप २५ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

त्यस्तै डिप्लोमा तीन वर्षे कार्यक्रम प्राविधक शिक्षालयको नयाँ सम्वन्धन लिन चाहाने सामुदायिक विद्यालयलाई गाउँपालिकाले भौतिक सुधारको लागि एकमुष्ट तीन लाख अनुदान दिने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रुपैंया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *