२०८१ चैत्र १३ गते बुधवार

हत्या आरोपमा कपिलवस्तुमा एकै घरका ३ जना पक्राउ

कपिलवस्तु,असार १० । कपिलवस्तु नगरपालिका–८ बेलौहामा १८ वर्षीय युवक विजयबहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरका ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीया वासमती कहार रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वासमतीसँग प्रेम सम्बन्ध रहेका विजयबहादुर कुर्मीलाई वासमतीका पति रमेश कहार र भाइ अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेका हुन् ।

गएको असार ३ गते रमेश छिमेकीको विवाहमा बाहिर गएको मौका छोपी वासमतीले विजय कुर्मीलाई घरमा बोलाइन् । राति नफर्केने गरी विवाहको जन्ती गएका रमेश अचानक त्यही रात विवाहबाट फर्केर घरमा आउँदा एउटै कोठामा आफ्नी श्रीमतीसँगै विजयलाई भेटे ।

आफ्नी श्रीमतीसँग पर पुरुषलाई राति आफ्नो कोठामा देखेपछि आफ्ना भाइसमेतलाई बोलाइ रमेशले विजयलाई कुटपिट गर्दा विजयको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको शव आफ्ना भाइ र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले राति घर नजिकै रहेको पोखरीमा फालेको प्रहरीले जनाएको छ ।

घटनाको ४ दिनपछि असार ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको शव फेला परेको थियो ।

हत्या काण्डमा वासमतीको प्रत्यक्ष संलग्नता भने देखिएको छैन । तर घटना थाहा पाएर पनि प्रहरीलाई कुनै जानकारी नदिएको, घटनाको समयमा हल्ला तथा अन्य छिमेकीहरुसँग गुहार नगरेको कारण उनी पनि हत्या घटनामा दोषी भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *