दाङ, असार ९ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले सर्बौच्चको फैसलाको बिरोध प्रति बिरोध जनाएका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेकपा एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका मुख्य मन्त्रीले पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउन र सर्बौच्च अदालतको फैसलाको बिरोध गरेका छन् ।
उनले बिगतका प्रधानमन्त्रीले जस्तै हाल प्रधानमन्त्री ओलीले पनि प्रयोग गरेको उल्लेख गरेका छन् । मंगलबार मात्रै सर्बौच्चको फैसलाका कारण सरकारका २० मन्त्रीको पद गुमेको थियो ।
त्यसका साथै उनले राजनीतिक रुपमा नेकपा एमाले भित्रैको माधबकुमार नेपाल समुह लगाएत अन्य बिभिन्न पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको कदमलाई ‘अधिनायकबाद’ भनेको प्रतिपनि असन्तुष्टि जनाएका छन् ।
उनले लेखेका छन् ‘ बिगतमा प्रधानमन्त्रीले प्रयोग गरेको अधिकार नै प्रयोग गर्न नपाउने अवस्थालाई अधिनायकबाद भनिदो रहेछ । राजनीतिको नयाँ भाष्य ।’
स्ट्याटसमा धेरै सर्वसाधारणले मुख्यमन्त्रीको बिरोधमा कमेन्टहरु लेखेका थिए ।