२०८१ बैशाख ७ गते शुक्रवार

गोरु‘तस्करी’ समाचार संकलन गर्न पुगेका पत्रकार माथि प्रहरीको दुर्ब्यबहार

देउखुरी, पुष ८ । गोरु तस्करी भैरहेको सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले दुर्ब्यबहार गरेको छ । प्रदेश टुडे दैनिकका पत्रकार प्रियास्मृती गजमेर, रेडियो देउखुरीका स्टेशन म्यानेजर शिवराज खनाल र गणतन्त्र दैनिकका पत्रकार शिवु खनाललाई ईलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरीले दुर्ब्यबहार गरेको हो ।

‘गणतन्त्र दैनिकका प्रतिनिधि शिवु, प्रदेश टुडे दैनिकका प्रियास्मृती गजमेर र म थियौं । फोटो खिच्ने क्रममा प्रहरीले मोवाइल खोसेर भिडियो डिलिट गरिदियो’शिवराज खनालले भन्नुभयो–‘प्रहरीले हामी माथि अभद्र व्यवहार ग¥यो ।’ ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले पत्रकार माथि कुनै दुर्ब्यबहार नभएको दावि गरेका छन् । राप्ती गाउँपालिका वडा नं. ५ लठ्ठहवाम हिन्दु जागरण नेपालका कार्यकर्ता, स्थानिय बासिन्दाले गोरु लोड गरिएका ट्रकलाई अघि बढ्न नदिएर रोकेका थिए । प्रहरीले अवरोध हटाएर ट्रक अघि बढाउन खोज्दा स्थानिय संग भएको धरपकडमा पत्रकारहरु माथि समेत दुर्ब्यबहार भएको हो ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. देसका धमिराहारु ले प्रहरी लाई पनि किनेछ्न कि के हो अब केही गर्नुपर्छ जाग्नु पर्छ हिन्दु हरु मिलेर इनिहरुको पत्तासब गर्दा कसोहोला!!्

Leave a Reply

Your email address will not be published. Required fields are marked *