२०८१ चैत्र ३ गते आइतवार

व्यवसाय र संचार क्षेत्र बिच सहकार्य आवश्यक ः अध्यक्ष पोख्रेल

दाङ,असार ७ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले व्यवसायी क्षेत्र संग सञ्चार क्षेत्र सहकार्य गरेर अगाडि वढने बताएका छन् ।

व्यवसायीक क्षेत्र र सञ्चार क्षेत्र एक अर्का परिपुरक रहेको उनले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन ।

‘व्यवसायीहरु र सञ्चार क्षेत्र विगत देखि नै सहकार्य हुदै आएको छ’ अध्यक्ष पोख्रेलले भने । व्यवसायीक क्षेत्रको विकासका लागि सञ्चार माध्यमले विगत देखि नै भुमिका खेल्दै आएको र आउदा दिनमा रहने उनको भनाइ रहेको छ ।

व्यवसायी तथा उद्यमीहरुले आफुहरुले गरेका कुराहरु वारे जानकारी दिन समेत उनले आग्रह गरे ।

आफुहरुले गरेका कामका बारेमा जानकारी गराएमा वाहिर ल्याउन सहयोग पुग्ने उनले बताए । ‘अहिले कोभिडको कारण अहिले व्यवसायीक क्षेत्र र सञ्चार क्षेत्र समस्यामा परेका छन’ अध्यक्ष पोख्रेलले भने । अव स्वास्थ्य सुरक्षा अपनाएर चलायमान गराउनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जि एमले आर्थिक तथा औद्योगिक क्षेत्रको विकासमा सञ्चार क्षेत्रको सहकार्य रहने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघ संघ विगत देखि नै सहकार्य रहदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य रहने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पोख्रेल, उपाध्यक्ष जि एम र किरण थापालाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *