२०८१ चैत्र ४ गते सोमवार

बर्दियामा फेला परेका ५ वर्षीय बालकको अभिभावक खोजिँदै

बर्दिया,असार ७ । शनिबार दिउँसो २ बजे बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका ८ मा फेला परेका एक ५ वर्षीय बालकको अभिभावकको खोजी भइरहेको छ ।

प्रहरीले फेला पारेको ती बालक हाल गुलरिया नगरपालिकाको सेवा केन्द्रमा आश्रय लिइरहेका छन् ।

प्रहरी टोलीले फेला पारेको बालकलाई सेवा केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

अनुप गुरुङ नाम बताउने ती बालकले आफ्नो बावुको नाम गोविन्द गुरुङ र आमाको नाम आशा गुरुङ बताएका छन् ।

सेवा केन्द्रमा रहेका बालकले ठेगाना बताउन नसकेको गुलरिया नगरपालिका ६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए ।

बालकको तस्बीर देखेर कसैले चिन्न सके अभिभावक वा आफन्तलाई खबर गरिदिन वडा अध्यक्ष शर्माले आग्रह गरेका छन् ।

बालकको ठेगाना, अभिभावक वा आफन्त फेला परे ०८४–४२११२३ नम्बरमा वा जिल्ला प्रहरी कार्यालय बर्दियामा सम्पर्क गर्न सकिने छ ।

 

 

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *