२०८३ असार २७ गते शनिवार

रुकुम पूर्वमा दोस्रो मात्राको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु

मुसिकोट,असार ५ । रुकुम पूर्वमा कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो डोज लगाउन सुरु भएको छ ।

यस अघि ‘कोभिशिल्ड’ को पहिलो डोज लगाएकाहरुका लागि आजबाट दोस्रो डोज लगाउन सुरु भएको हो ।

जिल्लाका तीन वटै स्थानीय तहहरुमा खोप लगाउने कार्यतालिका भएपनि आज सिस्ने गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयबाट खोप लगाउन सुरु गरिएको छ ।

भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा भने भोली लगाइने स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिए ।

उनका अनुसार दुई वटा गाउँपालिकाको लागि आज खोप पठाईने छ ।

रुकुम पूर्वमा दोस्रो मात्राको लागि ८ सय ​डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । पहिलो मात्राको ‘कोभिशिल्ड’ खोप लगाएका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारलाई लगाइने र बाँकी जेष्ठ नागरिकलाई लगाइने भएको छ ।

खोप लगाउन आउँदा पहिलो मात्राको ‘कोभिशिल्ड’ खोप लगाइएको कार्ड अनिवार्य साथमा लिएर आउनुपर्ने छ ।

 

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *