जेठ २५ । भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९)का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ । यस्तै भारतमा कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ
पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार