२०८३ असार २७ गते शनिवार

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बाँके,जेठ २३ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–८ का ३९ वर्षीय पुरुषको आइतबार बिहान एक बजेतिर र ठाकुरबाबा नगरपालिका(२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३ की ३३ वर्षीय महिलाको शनिबार दिउँसो साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज उपमहानगरपालिका–१ की ४५ वर्षीय महिलाको आइतबार बिहान ६ बजे युनाइटेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस सँगै बाँके जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३०२ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *