२०८१ असार ३ गते आइतवार

बृद्ध आश्रमको प्राङगणमा बोट बिरुवा रोपियो 

तुलसीपुर, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार बोट बिरुवा रोपेको छ ।

समाजको नेतृत्वमा ‘दश ब्यक्ति दश बिरुवा’ रोप्ने कार्य गरिएको समाजका बरिष्ठ उपाध्यक्ष सुशील बस्नेतले बताए ।

जुन ५ अर्थात बिश्व वातावरण दिवसको अवसरमा तुलसीपुर १२ स्थित केशवराज झुपाकुमारी बृद्ध आश्रमको प्राङगणमा श्रीखण्ड,निम लगायतका बिरुवा रोपिएको समाजका दाङ शाखा सभापति तुलसीराम सुनारले जानकारी दिए ।

झण्डै १ बिगाह क्षेत्रफल बराबरको जमिन रहेको बृद्ध आश्रम भित्र हरियाली र शितल छाहारी प्रदान होस भन्ने उदेश्यका साथ ती बोट विरुवा रोपिएको सुनारले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *