२०८१ चैत्र १४ गते बिहिवार

बिपन्नको साहेतका लागि तुलसीपुरका सुन चाँदी ब्यबसायीले दिए २३ हजार बढी नगद सहयोग

तुलसीपुर,जेठ २२ । तुलसीपुरका सुन चाँदी ब्यवसायीले संयुक्त दलित युवा अभियानलाई आर्थिक सहयोग प्रदान गरेका छन।

दलित युवाहरुले लकडाउनको समयमा भोगवाट नागरिकलाई जोगाउन अति बिपन्न परिवारलाई राहत बितरन कार्यक्रम लियर घर दैलो मार्फत राहात बितरण गर्दै आएको हुँदा त्यस्ता परिवारलाई राहाता पुगोस भनेर ब्यबसायीले सहयोग गरेका हुन ।

संयुक्त दलित युवा अभियान दाङका संयोजक खेमराज बिक सेन्चुरीले ब्यबसायीहरुले युवाहरुको कामको प्रशंसा गर्दै अति बिपन्न परिवार लकडाउनमा खान समेत खाना नपाउने अवस्थाबाट गुर्जन नपरोस भन्नका लागि साहेता प्रदान गरेको बताए ।

त्यसरी सहयोग गर्नेमा जोति गहना पसलका सञ्चालक हरि बिक, राहुल सुन चाँदी पसलका संचालक मोहन स्वर्णकार, जय माता दी सुन चाँदी पसलका संचालक मदन केसी, न्यू टीका सुन चाँदी पसलका संचालक तुलसीराम सुनार, जय माता दुर्गा सुन चाँदी पसलका संचालक पुष्कर सुनार, उषा एण्ड निशा सुन चाँदी पसलका संचालक लोकबहादुर बिश्वकर्मा, पुर्णिमा सुन चाँदी पसलका संचालक जनक सेर्पाइली, बिनोद सुन चाँदी पसलका संचालक ओबिराम सुनारबाट जम्मा २३ हजार ५०५ रुपैंया नगद सहयोग प्राप्त भएको छ ।

उक्त रकम हरि बिकले संयुक्त दलित युवा अभियान दाङका संयोजक खेमराज बिक सेन्चुरीुलाई हस्तान्तरण गरेका थिए ।

संयोजक सेन्चुरीले प्राप्त सहयोगबाट अतिबिपन्न परिवारको छनोट गरि खाद्यान्न सहयोग गरिने बताए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *