काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नंगठन गरेका छन ।
ओलीको मन्त्रीमण्डलमा अब तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री पुगेका छन् ।
ओली मन्त्रीमण्डलमा नयाँ थपिएका सबैले शुक्रबार बेलका नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
पुर्नंगठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतोलाई उपप्रधान तथा शहरी विकास मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
ओलीले बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको जिम्मेवारी दिएका छन् भने कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालय र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत राखेका छन् ।
त्यस्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
ओलीको मन्त्रीमण्डलमा जसपाका अन्य सात जनाले मन्त्री र २ जनालाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।
जसमा शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
त्यस्तै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।
पुर्नंगठित मन्त्री मण्डलमा प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राखेका छन् ।
अल्पमतमा रहेका भनिएका काम चलाउन हैसियतका ओलीले सत्ता टिकाउनका लागि राजपालाई समावेश गरि मन्त्रीमण्डल पुर्नंगठन गरेकोमा कतिपयले आलोचना गरेका छन् ।