तुलसीपुर, जेठ २२ । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सट्रेटर सहयोग स्वरुप प्रदान गरेको छ ।
नेपाल घर भइ हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक सतिश गौचनले १० वटा अक्सिजन कन्सटे«टर सहयोग स्वरुप हस्पिटललाई प्रदान गरेका हुन ।
अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले हस्पिटललाई कन्सट्रेटर उपलब्ध गराएको गौचनले बताएका छन् ।
तुलसीपुरका शिक्षा सल्लाहकार शिशिर खनालले अक्सिजन कन्सट्रेटरको पहल गरेका थिए ।
हस्पिटलमा हाल ५० बेडको अक्सिजनसहितको आइसोलेसन संचालनमा छ ।
तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार