२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ 

तुलसीपुर, जेठ २२ । सलाईको बट्टामा राखेको ब्राउन सुगरसहित तुलसीपुरबाट शुक्रबार एक युवक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ३२ बर्षीय बिरबल गरङ्जा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गरङ्जालाई भमेक गाउँबाटै पक्राउ गरेको र शरिर खान तलासी गर्ने क्रममा सलाईको बट्टा भित्र लुकाई राखेको अवस्थामा ११ पुरिया ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।

डिएसपी रिजालका अनुसार तत्लका तौलगर्दा उक्त ब्राउन सुगर १ ग्राम ५०० मिलि ग्राम रहेको थियो ।

पक्राउ परेका गरङ्जालाई लागु औषध शिर्षकमा मुद्दा चलाइएको डिएसपी रिजालले बताएका छन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *