२०८३ भाद्र ११ गते बिहिवार

लायन्स क्लवले लमही अस्पताललाई ९२ हजारका बेड किनेर दियो


तुलसीपुर, जेठ १५ । लायन्स क्लव अफ देउखुरी दाङले आफ्ना सदस्यहरू तथा सहयोगी दाताहरुसंग रकम संकलन गरि लमही अस्पताललाई चारवटा बेड सहयोग गरेको छ ।
क्लवका अध्यक्ष रेशमबहादुर खड्काले लमही अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रञ्जित महतो र डाक्टर सुमित प्रजापतीलाई बेड हस्तान्तरण गरेका हुन ।

त्यसक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्बासे, लायन्स क्लव स्वर्गद्वारी चार्टर अध्यक्ष एवम लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी २ का डिपार्टमेन्टल चिफ लायन सम्शेर थापा लगाएको सहभागिता रहेको थियो ।

क्लबलाई लमही १ सुन्डबरी निवासी दामोदर पौडेल, आमा बिष्णु देवि पौडेल र भाइ माधव पौडेलले ५० हजार , ईनरुवा निवासी नविन पोखरेलले ४५ सय र क्लवका सदस्यहरूबाट ३७ हजार ५ सय गरि ९२ हजारको लागतमा ४ वटा बेडहरु किनेर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा क्लबकी तृतिय उपाधक्ष्य लायन सबी अधिकारी, सचिव टेकबहादुर चौधरी, कोषाध्यक्ष लायन किृष्णप्रसाद भट्टराई, सहसचिव लायन पवन खड्काले साहेता करम संकलन र बेड खरिदमा भूमिका निर्वाह गरेको क्लबका सदस्य शालिक वलीले बताए ।

कोभिड–१९ महामारीका कारण बिरामीहरू बढिरहेको हुँदा अस्पतालहरूमा बेड अभाव भएको खवर पछि आफुहरुले सल्लाह गरेर क्लब मार्फत सहयोग गरेको वलीले जानकारी दिए ।
लायन्स क्लबले ‘हामी सेवा गर्छौं’ भन्ने नाराका साथ सामाजिक क्षेत्रमा बिभिन्न सेवा मुलक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *