
दाङ, जेठ १५ । अबदेखि ७० बर्षमाथिका जेष्ठ नागरिकले मासिक चार हजार भत्ता पाउने भएका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएसंगै उनीहरले अबदेखि मासिक भत्ता चार हजार पाउने भएका हुन ।
आर्थिक वर्ष २०७८÷ ७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको जानकारी दिए।
सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ बाट ४ हजार पु¥याएको पौडेलले बताए ।
सरकारले दश समूहमा बिभाजन गरि सामाजिक सुरक्षा भत्ता मासिक रुपमा प्रदान गर्दै आएको छ ।
जसमा ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा, जेष्ठ नागरिक दलित, एकल महिला, अपांगता क र ख वर्ग, लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता प्रदान गरिदै आइएको छ ।
तर, यी हरेक समूहले मासिक रुपमा पाउने भत्ता भने समान छैन ।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
