२०८१ चैत्र ३ गते आइतवार

बागर स्वास्थ्य केन्द्रलाई अक्सिजन प्रदान

देविराम कुसारी,बागर, जेठ १४ । दंगिशरण गाउँकालिकाको बागर स्वास्थ्य केन्द्रलाई अक्सिजन तथा स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ ।

बागर स्वास्थ्य केन्द्रमा आज (शुक्रवार) एक कार्यक्रमका विच नायक पल शाह र धन बहादुर केसीले सयुक्त रुपमा सो समाग्री प्रदान गरेका हुन ।

तुलसीपुर ११ जस्पुर घर भई हाल अध्ययनको शिलशिलामा अष्ट्रलिया वस्दै आएका धनबहादुर केसीकी छोरी मोडल सञ्जु केसी र उनका साथीले संकलन गरेको रकमवाट सो सामाग्री खरिद गरिएको नयाक पश शाहले जानकारी दिए ।

अष्ट्रेलियामा वस्दै आएका नेपालीले तिहारमा भैलो खेलेर जम्मा गरेको रकम वाट ५ वटा अक्सिजन शिलिण्डर खरिद गरेको र १५ वटा रिफिल गरेको दाङमा संयोजन गरेका पत्रकार देविराम कुसारीले जानकारी दिए ।

नया ५ वटा शिलिण्डरलाई कोराना महामारीसम्म बागरमै प्रयोग गरिए पनि खास गरी गोल्टाकुरी स्वास्थ्य केन्द्रका लागि भएको दाङ संयोजक पत्रकार कुसारीले जानकारी दिए ।

सो कार्यक्रममा एक-एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र काठमाण्डौले उपलब्ध गराएको कोरोना विरामीको लागि आवश्यक पर्ने औषधी पनि नायक शाहले स्वास्थ्य केन्द्रका डाक्टर कृष्ण घर्ती र मञ्जु केसीकी आमा अनमी कौसिला केसीलाई हस्तान्तरण गरेका थिए ।

सामाग्री हस्तान्तरण गर्दै नायक पल शाहले आफ्नो टिम पल शाह र हाम्रो टिम नेपालले नेपालका समस्या परेका विभिन्न स्थानमा पुगेर सहयोग गर्ने गराएको जानकारी गराएका हुन ।

यसरी दाङमा आएर बागर स्वास्थ्य केन्द्रलाई आक्सिजन प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य केन्द्रका डाक्टर कृष्ण घर्तीले टिमालाई धन्यवाद दिएका थिए ।

यसरी गाउँ सम्म आएर सहयोग गरेकोमा स्वास्थ्य केन्द्रमा सञ्चालन भएको नागरिक भान्साका संयोजक राघव देवकोटाले सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *