२०८१ चैत्र ६ गते बुधवार

साझेदारीकि माया चौधरीद्धारा स्वास्थ्य सामग्री वितरण

दाङ,जेठ १४ । साझेदारी संघियता कार्यक्रम यु एस ए आई डि दंगीशरण गाउँपालिका संयोजक माया चौधरीले सावुन र महिलाहरुका लागि सेनेटरी प्याड वितरण गरेकी छन् ।

आज मासीक धर्म स्वच्छता दिवस २८ मे २०२१ को अवसरमा ती सामग्री वितरण गरेकी हुन ।

दंगीशरण गाउँपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँ,हेकुली स्वास्थ्य चौकि र गोल्टाकुरी स्वास्थ्य चौकिलाई वितरण गरिएको छ ।

यस्तै केहि थान दंगीशरण गाउँपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारीहरुलाई वितरण गरिएको छ ।

कोभिडका समयमा महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आईशोलेशनमा बसेका र कार्यालयमा काम गर्न खटीएका महिला कर्मचारीहरुको सहजताका सहयोग स्वरुप स्वास्थ्य सामग्री वितरण गरेको उनले बताइन् ।

संयोजक चौधरीले ६ सय ५७ थान सेनेटरी प्याड र ६ दर्जन मिनि लाईफब्वाई साबुन वितरण गरेकी छिन् ।

दिवसका अवसरमा आफुले सक्दो सहयोग गर्दै आएको र यस बर्ष विभीन्न सहयोगी मनहरु बाट सहयोग प्राप्त भएपछि सो सामग्री वितरण गर्न सहज भएको संयोजक चौधरीले बताइन् ।

दिवसका अवसरमा केयर नेपाल हरीयो वन कार्यक्रमका टिम लिडर देवराज गौतमले पोखराबाट १० हजार, सुआहारा कार्यक्रममा कार्यरत रजनिकान्त चाैधरि लम्जुङ्ग बाट १० हजार सहयोग प्राप्त भएपछि जम्मा २० हजार र ब्यक्तीगत ८ हजार १ सय ५३ गरी जम्मा २८ हजार १ सय ५३ रुपैँया बराबरको सामग्री सहयोग स्वरुप वितरण गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको उपस्थितीमा केहि थान गाउँपालिकामा रहने गरि र तीन वटै स्वास्थ्य चौकिका लागि आईशोलेशन केन्द्र बागरलाई सो सामग्री हस्ताणतरण गरेका हुन् ।

अध्यक्ष चौधरीले विभीन्न संघ सस्ंथा लगाएत विभीन्न ब्यक्तीहरुले सहयोगको हात अगाडि बढाएकाले स्थानीय सरकारलाई कोभिड आईशोलेशन ब्यवस्थापन गर्न सहज भएको बताए ।

उनले सहयोगी दाताहरुलाई धन्यवात ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *