
राजेश खत्री
दाङ, पुस ६ ।
आन्दोलनरत तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीहरुले शुक्रवार आफ्नै कार्यालय परिशरको सरफाई गरेका छन् । स्थानीय तह कर्मचारी संघका केन्द्रीय सल्लाहकार झरेन्द्र खरेलले त्यतिकै घाँम तापेर बस्दा मनले नमानेपछि आफ्नै कार्यालय परिशर भित्रको फोहर सरसफाई गरिएको जानकारी दिए ।
‘हामीले गरिखाने ठाउँ नै हाम्रो पवित्र तिर्थ स्थल जस्तै हो,’ खरेलले भने ‘ त्यसैले आज हामीले यसको सरसफाई गरेका हौं।’ तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी समेत रहेका खरेलले आगामी दिनका आन्दोलनका कार्यक्रमहरु पनि रचनात्मक बनाउने बताए । कान थुनेको सरकारलाई आन्दोलनको माध्यमले कान खोल्ने उनको भनाइ छ ।
हेर्नुहोस भिडियो
प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
