२०८१ चैत्र ३ गते आइतवार

खिमलालले हराए बादललाई

 दाङ, जेठ ६ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन ।

बिहीबार बेलुका प्राप्त मत परिनाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई पराजित गर्दै देवकोटा निर्वाचित भएका हुन ।

देवकोटाले ५ हजार ८८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

 

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिको समयमा पनि निर्वाचन आचार संहिता बिपरित बादलको पक्षमा मत मागेका थिए ।

काँग्रेस लगाएतका दलहरुले निर्वाचन आयोग समक्ष प्रधानमन्त्री ओलीलाई कारबाहीको मागपनि गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *