तुलसीपुर,जेठ६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य सुबाश डाँगीले छोरीको जन्म दिनमा आफ्नो वडाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।
छोरी सुदिप्ती डाँगीको जन्म दिनको अबसरमा डाँगीले बेलटाकुराको स्वास्थ्य चौकीमा गएर बालबालिकाका लागि उपयोगी मानिने नेबुलाइजर र अक्सिमिटर सहयोग स्वरुप प्रदान गरेका हुन ।
नेबुलाईजर चिसो लागेका बालबालिकालाई बाफ दिन प्रयोग गरिन्छ भने अक्सिमिटर अक्सिजनको लेबल जाच्न प्रयोग हुने उपकरण हुन ।
कोभिड महामारीको अहिलेको समयमा ती उपकरण स्वास्थ्य चौकीमा अति नै आबश्यक रहेका हुँदा छोरीको जन्म दिनको अवसर पारी ती सामाग्री प्रदान गरिएको वडा सदस्य डाँगीले बताए ।
ती उपकरण दिन डाँगी छोरी र श्रीमति प्रकृतिका साथ स्वास्थ्य चौकी पुगेका थिए ।
उनीहरुले चौकीका श्वास्थ्य सहायक शेरबहादुर बिसीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य चौकीका प्रमुख चित्र वलीले वडा सदस्य डाँगी र उनको परिवारलाई रचात्मक कार्यका लागि धन्यबाद दिएका थिए ।