२०८१ बैशाख १९ गते बुधवार

दाङमा सलबलाउन खोज्दै नेपाली काँग्रेस (बीपी) (भिडियो सहित)

दाङ, पुस ५ । नेपाली काँग्रेस (वीपी)ले पनि दाङमा सलबललाउने प्रयास गर्न थालेको छ । बिहीबार रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनमा उक्त पार्टीले जिल्ला कार्यसमिति एक हप्ता दिन मै गठन गर्ने जानकारी दिएको छ । आफुलाई पार्टीको जिल्ला अध्यक्ष घोषणा गरेका दीपक धिताले हप्ता दिन मै जिल्ला कार्यसमिति विस्तार हुने बताएका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस (वीपी) का केन्द्रीय सदस्य माधव धितालले महामानव वीपीले प्रतिपादन गरेका सिद्धान्त, प्रजातन्त्र, समाजवाद र राष्ट्रियता नेपाली काँग्रेसले लत्याउँदै गएको हुँदा बाध्यताले नयाँ पार्टी जन्माउनु परेको दाबी गरे । उनले भारतले सीमा क्षेत्र मिच्दै गर्दा, लिपुलेखलाई आफ्नो बनाउँदा समेत काँग्रेस चुप लागेको भन्दै आपत्ति जनाएका छन् । २०४७ सालको संविधान अनुसार देश चल्नु पर्ने दाबी गरेका उनले संवैधानिक राजतन्त्र देशलाई आवश्यक रहकेको जिकिर गरे ।

‘ राजा जत्ति राष्ट्रवादी अरु कोही हुनै सक्दैन,’ लामिछानेले भने ‘ तर निरुङकुश राजा भने खोजिएको हैन ।’ त्यस्तै उनले संघीयता र धर्मनिरपेक्षा जनआन्दोलनको माग नभएको हुँदा ती कहाँ कहाँ बाट आए भन्ने प्रश्न गरेका थिए । धर्मनिरपेक्ष राष्ट्र नभई धार्मिक स्वतन्त्रतासहितको राष्ट्र नेपाललाई बनाउनु पर्ने उनको भनाई थियो । त्यस्तै उनले मुलकलाई सात वटा प्रदेशको आवश्यकता नभएको भन्दै केन्द्र र स्थानीय सरकार मात्रै कायम गरिनुपर्ने माग गरेका छन्। कार्यक्रमलाई सम्वोधन गर्ने अर्का बक्ता लक्ष्मीप्रशाद आचार्यले देशमा भ्रष्टचार व्याप्त बनेको बताए कार्यक्रममा जम्मा चार जना नेता मात्रै सहभागि थिए ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *