२०७८ असार १ गते मङ्गलवार

बाँकेमा थप १० जनाको मृत्यु

दाङ, बैशाख ३० । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य दाङ तुलसीपुरका दूई र बर्दिया जिल्लाका दूई जना रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ३५ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार बिहान साढे ५ बजे र तुलसीपुर ६ का ४३ बर्षीय पुरुषको बुधबार बेलुका पौने ९ बजे मृत्यु भएको छ ।

त्यस्तै बर्दिया जिल्लाका थप दूई जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको राजापुर ६ की ५६ बर्षीया महिलाको बुधबार राति पौने १० बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गुलरिया नगरपालिका वडा नं. ८ की ३२ बर्षीया महिलाको भेरी अस्पतालमा बुधबार राति १० ः ३५ बजे मृत्यु भएको थियो ।

त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ की २९ बर्षीया महिलाको बिहीबार बिहान ८ बजे भेरी अस्पताल नेपालगञ्ज पु¥याए लगतै मृत्यु भएको छ । एनटिजेन्ट परीक्षणका क्रममा बुधबार पोजेटिभ देखिएपछि उनी नारी आइसोलेसन सेन्टर बाँकेमा बस्दै आएकी थिइन ।

वडा नं.१ की ४३ बर्षीया महिलाको बुधबार बेलुका पौने ५बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका ६ का ६४ बर्षीय पुरुषको बिहीबार बिहान साढे ४ बजे कोहलपुरमा मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नं. १ की ५० बर्षीया महिलाको बिहीबार बिहान १ बजे कोहलपुरमा, नरैनापुर गाउँपालिका ५ का ४२ बर्षीय पुरुषको कोहलपुरमा बिहान पौने ३ बजे, नेपालगञ्ज १२ की ७५ बर्षीय महिलाको पौने ४ बजे कोहलपुरमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार यो संगै बाँके जिल्लामा कोरोनाका कारण २१४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १६३ जनाको मृत्यु भएको छ ।

सबै गरि बाँकेमा हालसम्म २७७ जना संक्रमितको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *