२०८१ बैशाख ७ गते शुक्रवार

भारी असिना पानीले तरकारी खेतिमा ठूलो क्षति


तुलसीपुर, बैशाख २९ । बुधबार परेको भारी असिना पानीले तरकारी खेतिमा ठूलो क्षति पु¥याएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया क्षेत्रमा बुधबार दिउँसो परेको ठूलो असिना पानीले ठूलो क्षति पु¥याएको स्थानीय किसानले बताएका छन् ।

झन्डै एक बिगाहा जति क्षेत्रफलमा टमाटर, काँक्रा, करेला लगाएका स्थानीय शिशिर रावतले भारी असिना पानीले आफ्नो खेतबारीको सबै तरकारी नष्ट गरेको जानकारी दिए । बिक्रि गर्न तयारी अवस्थाको तरकारी सबै असिना पानीले सखाप पारेपछि ठूलो क्षति भएको उनले बताए।

बखरिया गाउँमा मात्रै झन्डै २५ बिगाहा जति क्षेत्रफलमा व्यबसायिक रुपमा तरकारी खेति हुँदै आएको रावतलले जानकारी दिए । लकडाउनका कारण तरकारी बिक्रि नुहँदा पीडामा रहेका किसानको पीडामा शनिबारको असिना पानीले झनै पीडा थपिदिएको रावतले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *