२०८० चैत्र १६ गते शुक्रवार

बाँकेमा रेन्डिसिभिर औषधि बिल बिना नै बिक्रि गर्नेलाई २ लाख जरिवाना

दाङ, बैशाख २७ । बाँकेमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेन्डिसिभिर औषधि बिल बिना नै बिक्रि गर्नेलाई आर्थिक जरिवाना गरिएको छ । 

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जको हाताभित्रै सञ्चालिन फार्मेसीले उक्त औषधिको कारोबार बिना बिल बिजक बिक्र्रि गरेको पाइएपछि सञ्चालकलाई  दूई लाख जरिवाना गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि ब्यबस्थापन कार्यालय , बाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसिले बिना बिल उक्त  औषधि बिक्रि गरेको तथ्य फेला पारेपछि जरिवाना गरेको हो ।  

उपभोक्त संसरक्षण ऐन २०७५ बमोजिम दूई लाख जरिवाना गरिएको सरोकारवालाहरुले बताएका छन् । 

उक्त फार्मेसीले रेन्डिसिभिर औषधि २१ भाइल बिल बिना नै बिक्रि गरेको पाइएको अनुगमनमा गएकाहरुले बताएका छन् । त्यस्तै उक्त अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ । 

नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरि राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएको छ । 

त्यस्तै उक्त अनुगमन टोलीले अनुगमनका क्रममा खजुरा रोडमा रहेको शुभ राईस मिल नेपालगञ्जबाट उपभोग्य म्याद समाप्त भएको एक लाख दूई हजार मुल्य बराबरको एक हजार २० किलो दालपनि बरामद पछि नष्ट गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *