दाङ,पुस ५ ।
प्रधानमन्त्री केपीशर्मा ओली एसिया प्यासिफिक समिटमा डेरै सारेर सहभागी हुनु नेपालको संबिधानको भावना विपरित भएको राष्ट्रिय जनमोर्चाका नेताहरुले आरोप लगाएका छन् ।
विहीवार राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङले घोराहीमा आयोजना गरेको धर्म निरपेक्षता र एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता विषयक अन्तक्रिया कार्यक्रमलाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै उक्त पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले प्रधानमन्त्रीले जनताको करवाट क्रिष्चियनको प्रचार गरेको आरोप लगाएका हुन । प्रधामन्त्री आफनो फाइदा र सत्ता स्वार्थको लागि बिदेसी शक्तिद्वारा परिचालित भएको उनले दोषारोपन गरे । ‘एकातर्फ पश्चिमाहरु धर्म परिबर्तनको अभियानमा लाग्ने अर्काे तर्फ सरकार नै धार्मिक कार्यक्रममा सहभागी हुने,’ नेपालीले भने ‘ प्रधानमन्त्री डेरा सारेरै तीन÷चार दिन होटेलमा बस्नुले देशकै प्रतिष्ठामा आँच पुगेको छ ।’
अफुलाइ कम्युनिष्ट बताउने प्रधानमन्त्री ओलीले क्रिष्चियनको धर्म प्रचारक कार्यक्रममा सहभागी हुनु लज्जास्पद विषय भएको उनले दाबी गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै अखिल नेपाल बुद्धिजीवी संघका पुर्ब महासचिव सशिधर भण्डारीले पछिल्लो समय सरकार नै क्रिष्चियनको धर्म प्रचारमा लागेको दाबी गरे । ‘देशको शिर नुहुरीएको छ , हाम्रो स्वाभिमानमा धक्का लागेको छ’ उलने भने । त्यस्तै प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले राष्ट्रिय जनमोर्चाले उठाएको बैचारिक बहस सान्र्दभिक रहेको तर्क गरे । नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालले नेपालमा क्रिष्चियनको बढ्दो प्रभाव रोक्न आवश्यक रहेको धारणा राखेका थिए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी, नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारती नागरिक समाजका जिल्ला अध्यक्ष चन्द्रराज पन्त लगायतले मनतव्य व्यक्त गरेका थिए ।